पहिरोले घर पुर्दा दार्चुलामा तीन जनाको ज्यान गयो
काठमाडौं, असार २४ : दार्चुलाको नौगाढ गाउँपालिका–३ खार नजिकैको चौखुट्टेमा पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ ।पहिरोले घर पुरिँदा ७२ वर्षीया गेउली...
काठमाडौं, असार २४ : दार्चुलाको नौगाढ गाउँपालिका–३ खार नजिकैको चौखुट्टेमा पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ ।
पहिरोले घर पुरिँदा ७२ वर्षीया गेउली ठगुन्ना र उनकी ३ महिनाकी नातिनी मन्जरी ठगुन्ना र सोही ठाउँकी २९ वर्षीया लक्ष्मण सितौलीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
पहिरो गएको स्थान दार्चुला सदरमुकाम खलंगाबाट ८ घण्टाको पैदल दूरीमा पर्छ ।
प्रकाशित मिति: १९:०१ बजे, बिहीबार, असार २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1789821441.jpg)

