Kathmandu Press

पहिरोले घर बगाउँदा ४ बर्षीय बालकसहित २ जनाको मृत्यु 

काठमाडौं, असार २४ : बिहीबार बिहान पाल्पामा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ ।जिल्लाको तिनाउँ गाउँपालिका–५ गिट्टिखानीस्थित सिद्धार्थ राजमार्ग छेउमा रहेको घरमा...
पहिरोले घर बगाउँदा ४ बर्षीय बालकसहित २ जनाको मृत्यु 

काठमाडौं, असार २४ : बिहीबार बिहान पाल्पामा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको तिनाउँ गाउँपालिका–५ गिट्टिखानीस्थित सिद्धार्थ राजमार्ग छेउमा रहेको घरमा माथिबाट आएको  पहिरोले पुरेर एक बालकसहित २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय वीरबहादुर गुरुङ र स्थानीय रमेश परियार र पूजा परियारका ४ वर्षीय छोरा आरोप परियार रहेका छन् ।

मृतक बालकको दिउँसो शव फेला परेको पाल्पा प्रहरीले जानकारी दिएको छ । मृतक बालकका बाबुआमा दुबै  घाईते भई पाल्पाको प्रभास अस्पतालमा उपचाररत रहेका छन् । पहिरोले पाँचवटा घर  पुरेको छ । पहिरोमा परेर अन्दाजी ५० वर्षीया सुन्दरी  गुरुङको अवस्था गम्भीर रहेको पाल्पा प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: १८:५६ बजे, बिहीबार, असार २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्