लोकसेवा विज्ञापनसम्बन्धी सर्वोच्चको आदेश प्रतिगामी : पम्फा भुषाल
काठमाडौं, असार १८ : लोकसेवा आयोगको विज्ञापनका विषयमा सर्वोच्च अदालतले दिएको आदेश प्रतिगामी भएको नेकपा नेतृ पम्फा भुषालले बताएकी छन्।
बुधबार ....

काठमाडौं, असार १८ : लोकसेवा आयोगको विज्ञापनका विषयमा सर्वोच्च अदालतले दिएको आदेश प्रतिगामी भएको नेकपा नेतृ पम्फा भुषालले बताएकी छन्।
बुधबार बसेको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै नेतृ भुषालले सर्वोच्चको आदेशलाई ‘प्रतिगमनको पराकाष्टा’ भनेकी छन्। लोकसेवा आयोगले स्थानीय तहका लागि नौ हजार एक सय पदमा विज्ञापन गर्दा समावेशी नभएको भन्दै विरोध भएको थियो। संसदीय समितिले पनि विज्ञापन रोक्न निर्देशन दिएको थियो।
तर, त्यससम्बन्धी सर्वोच्च अदालतमा परेको रिटमा विज्ञापन रोक्न नपर्ने आदेश भएको थियो। पूर्वसामान्य प्रशासनमन्त्री समेत रहेकी नेतृ भुषालले सर्वोच्चको आदेशलाई २०१७ सालसँग तुलना गरिन। ‘अदालतजति प्रतिगामी कोही पनि छैन, अदालत प्रतिगामी बाटोमा गएको छ, लोकसेवा आयोगको विज्ञापन अगाडि बढाउन दिनु अर्को १७ साल हो,’ भुषालले भनिन्।
सर्वोच्च अदालतको आदेश समावेशिताको बर्खिलाप गएको उनको भनाइ थियो। ‘समावेशिताको विधिको बर्खिलापमा अदालत गयो, यो प्रतिगमनको पराकाष्ठा हो,’ नेतृ भुषालले भनिन्।











