Kathmandu Press

पहिरोमा पुरिएर दार्चुलामा तीनजनाको मृत्यु

धनगढी, असार २४ : अविरल वर्षासँगै दार्चुलामा आएको पहिरोमा परेर तीनजनाको मृत्यु भएको छ।मृतकमध्ये दुईजना एकै परिवारको रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय...
पहिरोमा पुरिएर दार्चुलामा तीनजनाको मृत्यु

धनगढी, असार २४ : अविरल वर्षासँगै दार्चुलामा आएको पहिरोमा परेर तीनजनाको मृत्यु भएको छ।

मृतकमध्ये दुईजना एकै परिवारको रहेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दार्चुलाको नौगाढ गाउँपालिका-३ चौखुट्टेमा पहिरोले घर पुरिँदा ७२ वर्षीया गेउली ठगुन्ना र उनकी तीन महिनाकी नातिनी मन्जरी ठगुन्नाको मृत्यु भएको हो।

त्यस्तै पहिरोमा पुरिएर सोही ठाउँका २९ वर्षीय लक्ष्मण सितौलीको पनि मृत्यु भएको दार्चुला प्रहरीले जनाएको छ। 

पहिरोमा परेर नौगाढ-३ कै १८ वर्षीया हरमती ठगुन्ना घाइते भएको जनाइएको छ।

पहिरोमा मानिसहरू फसिरहेको खबर आएकाले उद्धारका लागि जिल्ला प्रहरी कार्यालयबाट टोली घटनास्थलतर्फ लागेको जनाइएको छ। घटनास्थल पुगन जिल्ला सदरमुकामबाट लगभग ८ घण्टाको पैदल यात्रा गर्नुपर्छ।

अहिले स्थानीयको सहयोगमा उद्धारको काम भइरहेको प्रहरीको भनाइ छ।

अविरल वर्षापछि आएको बाढीले नौगाढ गाउँपालिका-३ स्थित ३२ किलोवाट क्षमताको खारखोला दोस्रो लघु जलविद्युत आयोजनाको सबै संरचना बगाएको छ।

जिल्ला प्रहर िकार्यालय दार्चुलाका अनुसार बाढीले खार र जामिर जोड्ने झोलुङ्गे पुल, तीनवटा निर्माणाधीन आरसिसी पुल, तीनवटा घट्ट र तीनवटा पानीको मुहान पनि बगाएको छ।

प्रकाशित मिति: १५:०८ बजे, बिहीबार, असार २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्