Kathmandu Press

जालझेलमा नपर्न र नझुक्किन नेत्री झाँक्रीको आग्रह

काठमाडौं, असार २४ : एमाले नेत्री रामकुमारी झाँक्रीले अघि बढिरहेको एमाले एकता प्रयासलाई लक्षित गर्दै अहिले कुनै पनि जालझेलमा पर्न नहुने र झक्किन...
जालझेलमा नपर्न र नझुक्किन नेत्री झाँक्रीको आग्रह

काठमाडौं, असार २४ : एमाले नेत्री रामकुमारी झाँक्रीले अघि बढिरहेको एमाले एकता प्रयासलाई लक्षित गर्दै अहिले कुनै पनि जालझेलमा पर्न नहुने र झक्किन नहुने धारणा राखेकी छन्।

उनी एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा आबद्ध नेत्री हुन्। नेता नेपाललाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले फेरि पनि अल्मल्याउन खोजेको आशय उनको अभिव्यक्तिमा देखिन्छ ।

पछिल्लो समय एमालेको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदल सक्रिय रहेका बेला अनि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र नेता नेपालबीच संवादसँगै भेटघाट पनि अघि बढिरहँदा नेत्री झाँक्रीले सामाजिक सञ्जालमार्फत त्यस्तो धारणा अघि सारेकी हुन्।

‘लोकतन्त्रको रक्षाका लागि संविधानलाई क्रियाशील गराउन संसद्को पुनःस्थापना एउटा अनिवार्य सर्त हो। हामीले यसका लागि एउटा प्रक्रियाको मात्र थालनी गरेका हौँ,’ उनले फेसबुकमा लेखेकी छिन्, ‘अदालतको फैसलापछि सरकार बन्ने र विश्वासको मत प्राप्त गर्ने काम बाँकी छ। त्यसकारण कुनै पनि जालझेलमा पर्नुहुन्न। झुक्किनुहुँदैन।’

प्रकाशित मिति: १४:५० बजे, बिहीबार, असार २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्