एमाले कार्यदलको बैठक साँझ ७ बजे फेरि बस्ने, ‘छिट्टै सहमति हुन्छ’ : बिष्ट
काठमाडौं, असार २४ : पार्टीभित्र देखिएको विवाद समाधानका लागि गठित नेकपा एमालेको कार्यदलको बैठक साँझ ७ बजे बस्ने गरी स्थगित भएको छ। कार्यदलका सदस्य एवं...
काठमाडौं, असार २४ : पार्टीभित्र देखिएको विवाद समाधानका लागि गठित नेकपा एमालेको कार्यदलको बैठक साँझ ७ बजे बस्ने गरी स्थगित भएको छ।
कार्यदलका सदस्य एवं अर्थमन्त्री विष्णु पौडेलको कार्यकक्षमा कार्यदलको चौथो दिनको बैठक सुरू भएको थियो।
सहमतिलाई अन्तिम रुप दिन आन्तरिक गृहकार्य आवश्यक रहेकाले बैठक पुनः बस्ने गरी स्थगित भएको कार्यदलमा संस्थापन पक्षका संयोजक सुवास नेम्वाङले बताए । पार्टीभित्रका विवादहरूलाई समाधान गर्न आन्तरिक छलफलमा जुट्ने निर्णय भएको उनले जानकारी गराए ।
बैठकमा कार्यदलमा संस्थापन पक्षका संयोजक नेम्वाङ तथा माधव नेपाल पक्षका संयोजक भीम रावल लगायत सबै सदस्य उपस्थित थिए । कार्यदलको बैठकअघि संयोजक रावल र अर्थमन्त्री पौडेलबीच अर्थ मन्त्रालयमै छलफल भएको थियो।
पौडेलसँग भेट गरेपछि रावलले नेता माधव नेपालसँग भेटवार्ता गरेका थिए । लामो समय निष्क्रिय रहेको कार्यदलले सोमवारदेखि काम सुरू गरेको थियो ।
लगातारको बैठकले आफूहरू सहमति नजिक पुगेको कार्यदलका सदस्यहरूको दाबी छ।
यसैबीच, कार्यदलमा रहेका नेता गोकर्ण बिष्टले छिट्टै सहमतिमा पुग्न लागेको बताएका छन्।
बिहीबार दिउँसो सिंहदरबारमा बसेको कार्यदलको बैठकपछि संवाददाताहरूसँग कुरा गर्दै बिष्टले वार्ता निकै सकारात्मक भएको बताए।
‘आज साँझ वा भोलि बिहान पनि हुनसक्छ, समय भन्न सक्दिनँ तर छिट्टै सहमतिमा पुग्छौं,’ बिष्टले भने।









-1789821441.jpg)

