Kathmandu Press

ललितपुर महानगरपालिकामा भेरोसेल खोपको दोस्रो मात्रा यही २७ र २८ गते लगाइँदै

ललितपुर, असार २४ : ललितपुर महागरपालिकामा भेरोसेल खोपको दोस्रो मात्रा यही २७ र २८ गते लगाइने भएको छ।महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालद्वारा आज...
ललितपुर महानगरपालिकामा भेरोसेल खोपको दोस्रो मात्रा यही २७ र २८ गते लगाइँदै

ललितपुर, असार २४ : ललितपुर महागरपालिकामा भेरोसेल खोपको दोस्रो मात्रा यही २७ र २८ गते लगाइने भएको छ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालद्वारा आज यहाँ जारी सूचनामा महानगरस्तरीय खोप समन्वय समितिको बैठकले सो निर्णय गरेको हो। पहिलो मात्रा सो लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई  खोप लगाइने  सूचनामा जनाइएको छ।

सूचनामा महानगरपालिकाका २९ वडामै खोप केन्द्र राखिने र पहिलो मात्राको खोप लगाएको कार्ड अनिवार्य साथमा लिएर आउनसमेत आग्रह गरिएको छ। 

यसैगरी ललितपुरमा रहेका दुई नगरपालिका महालक्ष्मी र गोदावरीमा भने आगामी शुक्रबार सो खोप लगाइने भएको सम्बन्धित नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ। 

यसैगरी दक्षिण ललितपुरमा रहेका तीन गाउँपालिकामध्ये कोञ्ज्योसोम र महाङ्कालमा आगामी शुक्रबार एक दिन खोप लगाउनका साथै वाग्मतीमा भने २५ र २६ दुई दिन सो खोप लगाइदिने भएको सम्बन्धित गाउँपालिकाले जनाएका छन्  ।
 

प्रकाशित मिति: ११:५३ बजे, बिहीबार, असार २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्