Kathmandu Press

इंग्ल्यान्ड पहिलो पटक युरोकप फाइनलमा

काठमाडौं, असार २४ : इंग्ल्यान्ड पहिलो पटक युरोकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। बुधबार राति वेम्बलीनमा भएको खेलमा डेनमार्कलाई अतिरिक्त समयमा २–१ले पराजित गर्दै...
इंग्ल्यान्ड पहिलो पटक युरोकप फाइनलमा

काठमाडौं, असार २४ : इंग्ल्यान्ड पहिलो पटक युरोकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। बुधबार राति वेम्बलीनमा भएको खेलमा डेनमार्कलाई अतिरिक्त समयमा २–१ले पराजित गर्दै इंग्ल्यान्ड युरोकप इतिहासमा पहिलोपटक फाइनलमा प्रवेश गरेको हो। 

एक गोलले पछि परेको अवस्थामा कमब्याक गर्दै इंग्ल्यान्ड पहिलो पटक युरोकप उपाधि नजिक पुग्यो। इंग्ल्यान्का लागि ह्यारी केनले गोल गरे भने अर्को गोल आत्मघाती भएको थियो । डेनमार्कका मिकेल डेम्स्गार्डले गोल गरेका थिए।  

पहिलो हाफको ३०औं मिनेटमा मिकेल डेम्स्गार्डले फ्रिकिकमा उत्कृष्ट गोल गरेपछि डेनमार्कले अग्रता लियो। तर, ३९औं मिनेटमा डेनमार्कका कप्ताज सिमोन केजरले आत्मघाती गोल गरेपछि इंग्ल्यान्ड खेलमा फर्किएका थियो। 

इंग्ल्यान्डका बुकायो साकाले रहिम स्टर्लिङका लागि निकालेको सटिक पासलाई रोक्न खोज्दा खोज्दा केजरले आफ्नै पोस्टमा गोल गरेका थिए। 

निर्धारित ९० मिनेटको बाँकी समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल एक्स्ट्रा टाइममा गएको थियो। अतिरिक्त समयमा टाइमको पहिलो हाफमा भारको सहयोगमा इंग्ल्यान्डले विवादित पेनाल्टी पाएको थियो। 

सो अवसरमा केनले प्रहार गरेको पेनाल्टी डेनमार्कका गोलकिपर क्यास्पर स्माइकलले रोक्न सफल भए। तर, उनले बल समात्न भने सकेनन् र रिबाउन्ड भएको बलमा केनले नै गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए।

बाँकी समयमा गोल हुन नसकेपछि इंग्ल्यान्डले युरोकपको फाइनलमा प्रवेश गर्दै इतिहास कायम गर्न सफल भयो। अब आइतबार राती १२ः४५ बजे वेम्बली स्टेडियमै हुने फाइनल खेलमा इंग्ल्यान्डले इटालीको सामना गर्नेछ।

प्रकाशित मिति: १०:४३ बजे, बिहीबार, असार २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्