पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड पुनः अवरुद्ध
चितवन, असार २४ : फेरि पहिरो गएपछि नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ। गएराति ८ बजे भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको...
चितवन, असार २४ : फेरि पहिरो गएपछि नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ।
गएराति ८ बजे भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीका अनुसार बिहानैदेखि दुईवटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ।
जेसिभीले ढुङ्गा पन्छाउन नसके ग्रेडरले फुटाउनुपर्ने भएमा सडक सञ्चालन हुन समय लाग्ने उनले बताए।
बुधबार बिहान ९ बजेदेखि एकतर्फीरूपमा सञ्चालनमा आएको सडक साँझ ६ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको थियो। सडकखण्डको सो क्षेत्रमा पहिरो र ढुङ्गा खस्ने क्रम भने रोकिएको छैन।
सडकखण्डमा एक सातादेखि निरन्तर पहिरो खसिरहेको छ। पहिरोका कारण सडक पटकपटक अवरुद्ध हुँदै आएको छ । पहिराले सयौँ सवारी साधन रोकिएका छन्।
प्रकाशित मिति: ०७:५६ बजे, बिहीबार, असार २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1789821441.jpg)
