Kathmandu Press

कोरोना खोप ल्याउन आज चीन जाँदै निगमको जहाज

काठमाडौं, असार २४ : कोरोना भाइरसविरुद्धको खोप ल्याउन नेपाल वायु सेवा निगमको जहाज आज चीन जान लागेको हो। चीनबाट नेपालले कोरोनाविरुद्धको खोप ‘भेरोसेल’ खरीद गरेको...
कोरोना खोप ल्याउन आज चीन जाँदै निगमको जहाज

काठमाडौं, असार २४ : कोरोना भाइरसविरुद्धको खोप ल्याउन नेपाल वायु सेवा निगमको जहाज आज चीन जान लागेको छ। 

चीनबाट नेपालले कोरोनाविरुद्धको खोप ‘भेरोसेल’ खरीद गरेको छ। त्यसलाई ल्याउन निगमको बाइडबडी ए–३३० जहाज बेइजिङ जान लागेको हो। 

आजबाट निगमको जहाजले तीन खेपमा खोप ल्याउने भएको छ। आज पहिलो खेपका लागि जान लागेको जहाज भोलि फर्किनेछ। 

त्यस्तै, दोस्रो खेपका लागि असार ३१ गते र तेस्रो खेपका लागि साउन ७ गते निगमको जहाज चीन जाने तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए। 

खोप लिन जान लागेको भए पनि कति खोप आउने भन्ने एकीन भएको छैन। खोपको मात्रा तय नभएको प्रवक्ता पौडेलले बताए। 

प्रवक्ता पौडेलले भने, ‘तीन पटक खोप ल्याउने भन्ने तय भएको छ। कति आउने भन्ने एकीन भएको छैन। आएपछि मात्रै थाहा हुन्छ।’

चीनबाट ल्याउन लागिएको खोप ५५ वर्षभन्दा माथिका नागरिकलाई लगाइने भएको छ। स्वास्थ्य मन्त्रालयले अर्को साताबाट खोप लगाउने तयारी गरेको हो। 

प्रकाशित मिति: ०७:४८ बजे, बिहीबार, असार २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्