बाघको जुँगा उखेल्दा पाँच लाख जरिवाना
बर्दिया, असार १८ : मरेको बाघको जुँगा उखेल्दा बर्दियाका एक युवकलाई पाँच लाख रुपैयाँ जरिवाना गरिएको छ।
बर्दियाको गेरुवा गाउँपालिका&ndash....

बर्दिया, असार १८ : मरेको बाघको जुँगा उखेल्दा बर्दियाका एक युवकलाई पाँच लाख रुपैयाँ जरिवाना गरिएको छ।
बर्दियाको गेरुवा गाउँपालिका–४ शान्तिपुर धकनियाका सुन्दरलाल चौधरीलाई जिल्ला अदालतले पाँच लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको हो। उनलाई बाघ मारेको आरोप लागेको थियो। जिल्ला बन कार्यालयले बाघ मारेको भन्दै उनीमाथि मुद्दा दायर गरेको थियो।
अनुसन्धानका क्रममा उनको घरमा बाघको जुँगा भेटिएको थियो। सुन्दरलालले मरेको बाघको जँ'गा उखेलेर राखेको बताएका थिए। उनले मारेको भनिएको बाघ भेटिएको थिएन। बाघ नभेटिएपछि जुँघा राखेकोमा सजाय सुनाइएको हो।
बर्दिया जिल्ला अदालतका मुख्य न्यायाधीश किरणकुमार पोखरेलको इजलासले बाघ मारेको आरोपमा पक्राउ परेका चौधरीलाई पाँच लाख जरिवानाको फैसला सुनाएको हो। फैसलामा भनिएको छ, अभियुक्त चौधरीले गत पुस २८ गते बाघको जुँगा उखेलेर घरमा लुकाई राखेको प्रमाण फेला परेको र बाघको जुँगा घरमा राख्नु गैरकानूनी भएकोले जरिवाना तोकिएको छ।
वन्यजन्तु मारेको र अङ्ग ओसारपसारमा संलग्न रहेका व्यक्तिलाई पाँचदेखि १५ लाखसम्म जरिवाना हुने कानूनी प्रावधान छ। उनको घरमा बाघको जुँघामात्रै भेटिएकाले न्यूनतम जरिवाना गरिएको जनाएको छ।











