आज चार प्रदेशमा अत्यधिक वर्षाको सम्भावना
काठमाडौं, असार २४ : जल तथा मौसम विज्ञान विभागले आज देशका चार वटा प्रदेशमा अत्यधिक वर्षाको सम्भावना रहेको जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ। जल...
काठमाडौं, असार २४ : जल तथा मौसम विज्ञान विभागले आज देशका चार वटा प्रदेशमा अत्यधिक वर्षाको सम्भावना रहेको जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ।
प्रदेश १, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। त्यस्तै, अन्य स्थानमा सामान्य रहेको छ।
आज दिउसो देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टा प्रदेश १, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थान धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
चारै प्रदेशका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ।










-1789821441.jpg)
