Kathmandu Press

राप्रपाले बनायो तामाङको संयोजकत्वमा वार्ता समिति

काठमाडौं, असार २४ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समान विचारधारा भएका समूह र व्यक्तिसँग वार्ता गर्न समिति गठन गरेको छ। नेता बुद्धिमान तामाङको संयोजकत्वमा...
राप्रपाले बनायो तामाङको संयोजकत्वमा वार्ता समिति

काठमाडौं, असार २४ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समान विचारधारा भएका समूह र व्यक्तिसँग वार्ता गर्न समिति गठन गरेको छ। 

नेता बुद्धिमान तामाङको संयोजकत्वमा वार्ता समिति गठन गरिएको हो। वार्ता समितिमा जगत गौचन र ऋषिबाबु परियार सदस्य रहेका छन्। 

राप्रपा अध्यक्षत्रय कमल थापा, पशुपति शम्सेर राणा र डा. प्रकाशचन्द्र लोहनीको उपस्थितिमा बसेको केन्द्रीय विशेष समितिको बैठकले समान विचारधारा भएका समूह र व्यक्तिसँग वार्ता गरेर एकता गर्ने निर्णय गरेको हो। 

यससँगै राप्रपाले उद्वव पौडेलको संयोजकत्वमा आर्थिक समिति पनि गठन गरेको छ।

पार्टीले बुद्धिजीविसँग अन्तरक्रिया गर्नका लागि भुवन पाठकको संयोजकत्वमा प्रा.डा. जयन्तनाथ खनाल र प्रा.डा.यादवप्रसाद ढुंगाना सदस्य रहेको आयोजक समिति गठन गरिएको केन्द्रीय सचिवालय सदस्य भास्कर भद्राले जानकारी दिए।

प्रकाशित मिति: ०६:०२ बजे, बिहीबार, असार २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्