म्याग्दी नदीमा बगेर दुई बालक बेपत्ता
बेनी, असार १८ : पौडी खेल्ने क्रममा म्याग्दी नदीले बगाउँदा बेनी नगरपालिका–३ दुधेखोलाका दुई बालक बेपत्ता भएका छन्।
हिजो बेलुका म्याग्दी ....

बेनी, असार १८ : पौडी खेल्ने क्रममा म्याग्दी नदीले बगाउँदा बेनी नगरपालिका–३ दुधेखोलाका दुई बालक बेपत्ता भएका छन्।
हिजो बेलुका म्याग्दी नदीमा पौडी खेल्दा बेनी–३ भकिम्लीका ११ वर्षीय प्रदीप रोका र बागलुङ घर भई बेनी–३ दुधेखोलास्थित मामाको घरमा बस्दै आएका डेविड काउचा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
प्रहरीका अनुसार बेपत्ता बालकको खोजीकार्य भइरहेको र अहिलेसम्म उनीहरुको अवस्था पत्ता लाग्न सकेको छैन।
विद्यालयबाट फर्केर पौडी खेल्ने क्रममा नदीले बगाउँदा दुई बालक बेपत्ता भएका बेनी–३ का वडा सदस्य गेमबहादुर घर्तीले बताए।
प्रकाशित मिति: १०:४१ बजे, बुधबार, असार १८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











