Kathmandu Press

बन्द प्रशिक्षणका लागि महिला फुटबल टिमको घोषणा

काठमाडौं, असार २३ : एएफसी वुमन्स एसिया कप फुटबल प्रतियोगिताको छनोटका तयारीका लागि नेपाली महिला टिमको प्रारम्भिक छनोट गरिएको छ। नेपालमै आयोजना हुने छनोट...
बन्द प्रशिक्षणका लागि महिला फुटबल टिमको घोषणा

काठमाडौं, असार २३ : एएफसी वुमन्स एसिया कप फुटबल प्रतियोगिताको छनोटका तयारीका लागि नेपाली महिला टिमको प्रारम्भिक छनोट गरिएको छ। नेपालमै आयोजना हुने छनोट खेलको तयारीका लागि अखिल नेपाल फुटबल संघ ९एन्फा०ले ४५ सदस्यीय टिमको घोषणा गरेको हो।

गत गत वर्ष भएको राष्ट्रिय महिला लिगको प्रदर्शनका आधारमा बन्द प्रशिक्षणका लागि खेलाडी छनोट गरिएको एन्फाले जनाएको छ। मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले साउन ३ गतेदेबाट ४५ खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने छन् । 

एसिया कप छनोटको समूह एफको खेल नेपालमै आयोजना हुने छ । जसमा नेपालसँगै हङकङ र फिलिपिन्स छन्। छनोट चरणका खेलु सेप्टेम्बर १३ देखि २५ सम्म दशरथ रंगशालामा हुनेछ।

प्रकाशित मिति: १६:३३ बजे, बुधबार, असार २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्