Kathmandu Press

प्रतिगमनको बाटो हिँड्ने ओली र अरू नेता उस्तै होइनन् : प्रचण्ड

काठमाडौं, असार २३ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनको बाटो हिँड्ने प्रधानमन्त्री केपी ओली र अरू नेता उस्तै नभएको बताएका छन्।उनले सम्पूर्ण...
प्रतिगमनको बाटो हिँड्ने ओली र अरू नेता उस्तै होइनन् : प्रचण्ड

काठमाडौं, असार २३ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनको बाटो हिँड्ने प्रधानमन्त्री केपी ओली र अरू नेता उस्तै नभएको बताएका छन्।

उनले सम्पूर्ण रूपमा आत्मसमर्पण गर्ने ओली र उनका विरुद्धमा उभिएका अरू नेता उस्तै हुन नसक्ने उनको भनाइ थियो। विगतदेखि अहिलेसम्मका तथ्य र प्रमाणहरूले सो कुरालाई प्रस्ट पार्ने दाबी उनले गरे।

विपक्षी गठबन्धनअन्तर्गत रहेका पाँच दलनिकट विद्यार्थी संगठनहरूको ज्ञापनपत्र बुझ्दै आज (बुधबार) प्रचण्डले २०१७ सालतिर केशरजंग रायमाझी सामन्तका पक्षमा लाग्दा पुष्पलाल जनताको अधिकारका लागि लडेको सन्दर्भ जोडे। 

उनले ती दुवै नेतालाई उस्तैउस्तै भन्न नमिलेजस्तै ओलीलाई देखाएर अरु नेता पनि उस्तै हुन् भन्न नमिल्ने बताए। 

प्रचण्डले जनताका पक्षमा प्रतिबद्ध भई आफ्ना नेताहरूलाई आन्दोलित गराइराख्न युवा विद्यार्थीको महत्त्वपूर्ण भूमिका रहने बताए।उनले विद्यार्थीहरूले परिस्थितिको सही मूल्याङ्कन गर्दा सही सूचना सम्प्रेषण हुने पनि स्पष्ट पारे। 

प्रचण्डले ओलीलाई ‘खलपात्र’को संज्ञा दिँदै उनी क्रमिक रूपले चारैतिर घेरामा परिसकेको र आफूहरू शक्तिशाली बन्दै गएको जिकिर पनि गरे।

विद्यार्थी नेताहरूले पनि ओलीको कुशासन समाप्त गरेर सुशासन ल्याउनुपर्ने बताएका थिए। विद्यार्थीहरुले गर्ने अन्तरक्रियात्मक कार्यक्रममा सहभागी भइदिन पनि विद्यार्थीहरूले प्रचण्डलाई आग्रह गरे।
 

प्रकाशित मिति: १५:५८ बजे, बुधबार, असार २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्