जसपा विवाद निरुपणका लागि इजलास गठन, दुवै पक्षलाई साउन ३ गते बोलाइयो
काठमाडौं, असार २३ : निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को विवाद निरुपणका लागि इजलास गठन गरेको छ।आज (बुधबार) बसेको आयोग पदाधिकारीहरु बैठकले...
काठमाडौं, असार २३ : निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को विवाद निरुपणका लागि इजलास गठन गरेको छ।
आज (बुधबार) बसेको आयोग पदाधिकारीहरु बैठकले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको हो।
इजलासले आगामी साउन ३ गते आइतबार मुद्दाको सुनुवाइका लागि जसपाका दुवै पक्षलाई बोलाउने निर्णय पनि गरेको छ। कानुन व्यवसायी आवश्यक भए लिएर आउन पनि दुवै समूहलाई सूचना पनि दिइएको छ।
प्रधानमन्त्री केपी ओली नेतृत्वको सहभागी हुने र नहुने भनी उत्पन्न विवादले जसपा दुई चिरमा विभाजित भएको थियो । तर कुनै पक्ष लचक नहुँदा विवादले चर्को रूप लिएको थियो।
यतिसम्म कि दुवै अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले एकअर्कालाई कारबाही गर्दै पार्टी आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएको थिए।
यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिता विवाद टुंग्याउन माग गर्दै निवेदन दिएपछि आयोगले दुवै पक्षलाई बोलाएर सहमति जुटाउने प्रयास गरेपनि असफल भएको थियो।
त्यसपछि कानुनअनुसार सुनुवाइ प्रक्रिया थालिएको आयोगले जनाएको छ।










-1789821441.jpg)
