Kathmandu Press

किशोरी बलात्कार आरोपमा एकजना पक्राउ

बारा, असार २३ १५ वर्षीया किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।मंगलबार साँझ पक्राउ पर्ने ती व्यक्ति निजगढ नगरपालिका-१३ डम्मरपुर बस्ने २२...
किशोरी बलात्कार आरोपमा एकजना पक्राउ

बारा, असार २३ १५ वर्षीया किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

मंगलबार साँझ पक्राउ पर्ने ती व्यक्ति निजगढ नगरपालिका-१३ डम्मरपुर बस्ने २२ वर्षीय राजकुमार स्याङतान रहेको प्रहरीले जनाएको छ।

स्याङतानले विवाह गर्छु भन्दै विभिन्न प्रलोभनमा पारी ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ लाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: १५:१४ बजे, बुधबार, असार २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्