घर भत्किएर पुरिँदा म्याग्दीमा दुईजनाको मृत्यु
काठमाडौं, असार २३ : म्याग्दीको मंगला गाउँपालिका–५ छिस्बाङ बस्ने थमबहादुर बुढाथोकीको घर वर्षाको कारण खहरे खोलामा आएको बाढीले भत्किएर पुरिँदा आज (बुधबार) बिहान...
काठमाडौं, असार २३ : म्याग्दीको मंगला गाउँपालिका–५ छिस्बाङ बस्ने थमबहादुर बुढाथोकीको घर वर्षाको कारण खहरे खोलामा आएको बाढीले भत्किएर पुरिँदा आज (बुधबार) बिहान दुईजनाको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही घरमा पसल गरी बस्ने मालिका गाउँपालिका–६ दुखु घर भएका २३ वर्षीय गजिन रोका र उनकै पत्नी १९ वर्षीया बिना रोका रहेको प्रहरीले जनाएको छ।
उक्त स्थानमा पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय दरबाङ र प्रहरी चौकी बाबियारचौरबाट खटिएको प्रहरीले आवश्यक उद्धार कार्य गरिरहेको जनाइएको छ ।
प्रकाशित मिति: १३:४७ बजे, बुधबार, असार २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1789821441.jpg)
