चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ
सर्लाही, असार २३ : चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले सर्लाहीको ईश्वरपुर नगरपालिका-४ सागरनाथ बस्ने ५८ वर्षीय पाल दोर्जे स्याङतानलाई मंगलबार राति...
सर्लाही, असार २३ : चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले सर्लाहीको ईश्वरपुर नगरपालिका-४ सागरनाथ बस्ने ५८ वर्षीय पाल दोर्जे स्याङतानलाई मंगलबार राति पक्राउ गरेको छ।
उनले सोही ठाउँ बस्ने३५ वर्षीय सानु भन्ने कृष्ण बहादुर स्यङबोलाई चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। पुरानो रिसिइबीको कारण वादविवाद हुँदा दोर्जेले कृष्णबहादुरलाई चक्कु प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी फुल्जोर र ईलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
घाइते कृष्ण बहादुरको लालबन्दीस्थित मोडेल अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रकाशित मिति: १३:३७ बजे, बुधबार, असार २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)