Kathmandu Press

जोन्सन एण्ड जोन्सनको १५ लाख डोज खोप आउँदै

काठमाडौं, असार २३ : अमेरिकी खोप उत्पादन कम्पनी जोन्सन एण्ड जोन्सनको कोरोना भाइरसविरुद्धको खोप नेपाल आउने भएको छ । विश्व स्वास्थ्य संगठनको सहजीकरणमा खोप...
जोन्सन एण्ड जोन्सनको १५ लाख डोज खोप आउँदै

काठमाडौं, असार २३ : अमेरिकी खोप उत्पादन कम्पनी जोन्सन एण्ड जोन्सनको कोरोना भाइरसविरुद्धको खोप नेपाल आउने भएको छ । विश्व स्वास्थ्य संगठनको सहजीकरणमा खोप सञ्चालन (कोभ्याक्स)ले अनुदानमा उपलब्ध गराउने खोप नेपाल आउने भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार केही दिनमै उक्त खोपको १५ लाख ३४ हजार ८५० डोज नेपाल आउने निश्चित भएको छ।  

राष्ट्रपति जो बाइडेनले घोषणा गरेअनुसारको कोभ्याक्स सुविधान अन्तर्गत भ्याक्सिन आउने भएको हो । स्वास्थय मन्त्रालयले खोप आयात अनुमतिका लागि औषधि व्यवस्था विभागलाई पत्राचार गरिसकेको छ। 

हाल नेपालमा उपलब्ध खोपहरुको दोस्रो मात्र लगाउन अनिवार्य छ । तर, यो खोप एक मात्र मात्रै लगाए पुग्ने बताइएको छ। 

अहिलेसम्म नेपालमा अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको ‘कोभिसिल्ड’ र चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको ‘भेरोसेल’ नामक खोप मात्रै लगाइएको छ ।

यसअघि पनि कोभ्याक्सले पहिलो चरणमा ३ लाख ४८ हजार खोप नै ‘कोभिसिल्ड’ दिएको हो । जोन्सन एण्ड जोन्सन कम्पनीले आफूले विकास गरेको खोप लक्षण नदेखिइकन हुने संक्रमण नियन्त्रणको लागि पनि प्रभावकारी हुने बताएको छ। 

उक्त खोप ८८ प्रतिशत प्रभावकारी देखिएको कम्पनीले जनाएको छ। 

प्रकाशित मिति: १३:२९ बजे, बुधबार, असार २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्