Kathmandu Press

सर्वोच्चको आदेशविरुद्ध एमालेको भ्याकेटमाथि आज सुनुवाइ हुने

काठमाडौं, असार २३ : ह्विप उल्लंघन गरेपछि पार्टीबाट निलम्बन भई सर्वोच्च अदालतबाट पुनर्बहाली भएका कर्णालीका चार सांसदविरुद्ध नेकपा एमालेले दायर गरेको पुनरवलोकन (भ्याकेट)...
सर्वोच्चको आदेशविरुद्ध एमालेको भ्याकेटमाथि आज सुनुवाइ हुने

काठमाडौं, असार २३ : ह्विप उल्लंघन गरेपछि पार्टीबाट निलम्बन भई सर्वोच्च अदालतबाट पुनर्बहाली भएका कर्णालीका चार सांसदविरुद्ध नेकपा एमालेले दायर गरेको पुनरवलोकन (भ्याकेट) को निवेदनमाथि आज (बुधबार) सुनुवाइ हुँदैछ। 

त्यसका लागि न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदीको इजलासमा तोकिएको छ। सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई एमालेले कारबाही गरे पनि सर्वोच्चको फैसलाले उनीहरूको सांसद पद थमौती गरिदिएको थियो। तर सर्वोच्चको आदेशपछि एमालेले अन्तरिम आदेश खारेजीको माग गर्दै भ्याकेट हालेको थियो।

सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी अवैध भएको ठहर गर्दै सो कमिटीले गरेको कारबाही तत्कालका लागि कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश दिएपछि एमालेले सो अन्तरिम आदेश खारेजीको माग गर्दै भ्याकेट हालेको थियो।
 

प्रकाशित मिति: १३:०० बजे, बुधबार, असार २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्