Kathmandu Press

फेरि सारियो प्रदेश २ को प्रदेशसभा बैठक

जनकपुरधाम, असार २३ : आज (बुधबार) का लागि डाकिएको प्रदेश २ को प्रदेश सभा बैठक २५ गते शुक्रबारका लागि सारिएको छ।यसअघि असार १५...
फेरि सारियो प्रदेश २ को प्रदेशसभा बैठक

जनकपुरधाम, असार २३ : आज (बुधबार) का लागि डाकिएको प्रदेश २ को प्रदेश सभा बैठक २५ गते शुक्रबारका लागि सारिएको छ।

यसअघि असार १५ गतेलाई डाकिएको बैठक आजका लागि सारिएको थियो। चालु आर्थिक वर्षको बजेट खर्च गर्ने अन्तिम समय रहेकाले सबै सांसद आआफ्ना योजना हेर्न व्यस्त रहेकाले बैठक सारिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

यो प्रदेशमा असार १ गते आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत भइसकेको छ। तर प्रदेश सभा बैठक बस्न नसक्दा केही पनि छलफल हुन सकेको छैन।

असार १ गते नै बजेट प्रस्तुत गरेलगत्तै बसेको दोस्रो बैठक एमाले र माओवादी केन्द्रका सांसदहरूले अवरुद्ध गरेका थिए। त्यसयता एउटा पनि बैठक बस्न सकेको छैन।

ती सांसदहरुले संसदीय विकास क्षेत्रको बजेट बढाउनुपर्ने माग राख्दै आएका छन्। 
 

प्रकाशित मिति: १२:४५ बजे, बुधबार, असार २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्