Kathmandu Press

एमालेमा लागेका पूर्वमाओवादी केन्द्रका नेताहरू निर्वाचन आयोग जाँदै

काठमाडौं, असार २३ : एमालेमा लागेका पूर्व माओवादी केन्द्रका नेताहरू निर्वाचन आयोगमा उजुरी दिने तयारीमा जुटेका छन्।रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु...
एमालेमा लागेका पूर्वमाओवादी केन्द्रका नेताहरू निर्वाचन आयोग जाँदै

काठमाडौं, असार २३ : एमालेमा लागेका पूर्व माओवादी केन्द्रका नेताहरू निर्वाचन आयोगमा उजुरी दिने तयारीमा जुटेका छन्।

रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरीसहितका नेताहरू बुधबार निर्वाचन आयोगमा उजुरी दिने तयारीमा जुटेका हुन्।

केही नेता र कानुन व्यवसायीहरू आज (बुधबार) निर्वाचन आयोग पुगेर उजुरी दिने तयारी भएको र आयोग जान थयारीमा रहेका नेताहरूले जानकारी दिए।

माओवादी केन्द्र अवैधानिक, असंवैधानिक रहेको दाबी उनीहरूले गरे। त्यसैले सो पार्टीको खारेजीका लागि आफूहरूले निवेदन दिन लागेका उनीहरूको भनाइ थियो।

नौ वर्ष बित्न लाग्दा पनि महाधिवेशन नगरेको र पार्टी एकता गरिसकेपछि आयोगमा दर्ता पनि नगरेकाले माओवादी केन्द्र अवैधानिक पार्टी भएको जिकिर उनीहरूले गरे।

अवैधानिक पार्टीले आफूहरूमाथि गरेको कारबाही पनि अवैधानिक भएको उनीहरूले बताए।

एमालेमा प्रवेश गरेको भन्दै माओवादी केन्द्रले ती नेताहरूलाई सांसद पदबाट मुक्त गराउनुका साथै पार्टीबाट निष्कासनसमेत गरेको थियो।

प्रतिनिधिसभा पुनःस्थापना भए आफूहरूलाई सांसद पदबाट हटाउने निर्णयविरुद्ध सर्वोच्च अदालत पनि जाने पनि ती नेताहरूले बताएका छन्।

प्रकाशित मिति: १२:२० बजे, बुधबार, असार २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्