Kathmandu Press

सुजिता भण्डारी प्रकरण : शान्ति भङ्ग हुन सक्ने भन्दै चितवनमा कर्फ्यु

काठमाडौं, असार २२ : चितवनमा कर्फ्यु आदेश जारी गरिएको छ ।राप्ती नगरपालिका ३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर केही व्यक्तिहरूले...
सुजिता भण्डारी प्रकरण : शान्ति भङ्ग हुन सक्ने भन्दै चितवनमा कर्फ्यु

काठमाडौं, असार २२ : चितवनमा कर्फ्यु आदेश जारी गरिएको छ ।

राप्ती नगरपालिका ३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर केही व्यक्तिहरूले पूर्व–पश्चिम राजमार्ग बन्द, ढुङ्गामुढा, आगजनी लगायत शान्ति भङ्ग गर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै आज साँझ साढे सात बजेदेखि भोलि बुधवार बेलुकी साढे सात बजेसम्म कर्फ्यु आदेश गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

यस अवधिमा लामो दुरीका गाडी बाहेक आवातजावत र भेला हुन रोक लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनले निकालेका विज्ञप्तिमा जनाइएको छ ।

पूर्व पश्चिम राजमार्गको राप्ती नगरपालिका वडा नं १ लोथरपुलदेखि राप्ती नगरपालिका वडा नं ४ डढुवा सम्मको राजमार्गको दायाँ बायाँ ५ सय मिटर भित्र पर्ने सबै क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको जनाईएको छ ।

सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर आफन्त र सर्वसाधारणले राजमार्ग नै बन्द गरेपछि प्रशासनले यस्तो निर्णय गरेको हो । 

प्रकाशित मिति: २०:०७ बजे, मंगलबार, असार २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्