सशस्त्र प्रहरीको डीआईजीमा बढुवाका लागि दुई जनाको नाम सिफारिस
काठमाडौं, असार २२ : सशस्त्र प्रहरीको बढुवा समितिले रिक्त दुई डीआईजीमा बढुवाका लागि दुई जना एसएसपीको नाम सिफारिस गरेको छ ।एसएसपीद्वय कालिदास धौवजी...
काठमाडौं, असार २२ : सशस्त्र प्रहरीको बढुवा समितिले रिक्त दुई डीआईजीमा बढुवाका लागि दुई जना एसएसपीको नाम सिफारिस गरेको छ ।
एसएसपीद्वय कालिदास धौवजी र कुमार न्यौपानेलाई बढुवाका लागि सिफारिस गरिएको हो ।
बढुवा समितिको मंगलबार बसेको बैठकले सिफारिसको निर्णय गर्दै बढुवा उपर कुनै उजुरी भए ७ दिनभित्रमा समितिमा दिन बढुवा समितिका सदस्य सचिव सशस्त्रका एआईजी रामशरण पौडेलले सूचना जारी गरेका हुन् ।
यसअघि बढुवाका लागि तीन दिनभित्रमा आवेदन दिन भनिएको थियो ।
प्रकाशित मिति: १८:५६ बजे, मंगलबार, असार २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1789821441.jpg)
