रुपन्देहीमा गोली हानेर झण्डै पाँच लाख रुपैयाँ लुटियो
बुटवल, असार १७ : रुपन्देहीमा अज्ञात समूहले गोली हानेर झण्डै पाँच लाख रुपैयाँ लुटेको छ।
मंगलबार दिउँसो गैडहवा ताल सरसफाइ समितिको र....

बुटवल, असार १७ : रुपन्देहीमा अज्ञात समूहले गोली हानेर झण्डै पाँच लाख रुपैयाँ लुटेको छ।
मंगलबार दिउँसो गैडहवा ताल सरसफाइ समितिको रकम लिएर आएकी गैडहवा गाउँपालिका–४ की रेशमकुमारी मल्लको साथमा रहेको चार लाख ६३ हजार रुपैयाँ अज्ञात समूहले लुटेको हो।
मल्लले कृषि विकास बैंकबाट निकालेको उक्त रकम मोटरसाइकलमा आएका व्यक्तिले गैडहवा गाउँपालिका– ४ अहिरण्डी चोकमा गोली चलाएर लुटेको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए। गोली प्रहार गरेपनि मल्ललाई भने कुनै चोट नलागेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मल्लले आफ्नो व्यक्तिगत २ लाख रुपैयाँ र ताल सरसफाइ समितिको रकम गरी जम्मा ४ लाख ६३ हजार बोकेकी थिइन्। मोटरसाइकलमा दुई जना सवार रहेको खुलेको छ। लुटेराहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।











