Kathmandu Press

मन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमतिपछि चल्न थाल्यो प्रदेश १ को सदन

विराटनगर, असार २२ : प्रदेश १ मा पटकपटक अवरुद्ध हुँदै आएको प्रदेशसभा बैठक आज (मंगलबार) बाट सञ्चालनमा आएको छ। प्रदेश सरकार र माओवादी...
मन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमतिपछि चल्न थाल्यो प्रदेश १ को सदन

विराटनगर, असार २२ : प्रदेश १ मा पटकपटक अवरुद्ध हुँदै आएको प्रदेशसभा बैठक आज (मंगलबार) बाट सञ्चालनमा आएको छ। प्रदेश सरकार र माओवादी केन्द्रबीच संसद बैठक खुलाउने विषयमा सहमति भएलगत्तै त्यस्तो परिस्थिति बनेको हो। 

भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले सदनमा दिएको अभिव्यक्तिको रेकर्ड हटाउने र आगामी दिनमा सदनमा बोल्दा मर्यादित भाषा प्रयोग गर्नेतर्फ सभामुखले सचेत गराउने सहमति भएपछि बैठक सञ्चालनको वातावरण बनेको हो।

प्रदेशसभाको १८औंं बैठक आज अपराह्न १ बजेका लागि डाकिए पनि जारी गतिरोध अन्त्यका लागि सरकार र माओवादी केन्द्रबीच वार्ता गर्न भन्दै साढे २ घन्टापछि सारिएको थियो।

सरकार र माओवादी केन्द्रबीच संसद् बैठक सुचारु गर्ने सहमति भएसँगै निर्धारित समय साढे ३ बजेदेखि  बैठक सुरु भएको छ। 

आज बैठकको सुरुमै सभामुख प्रदीप भण्डारीले मन्त्री गुरुङको अभिव्यक्ति हटाउन प्रदेशसभा सचिवालयलाई निर्देशन दिएका छन्।

रोस्ट«म प्रयोग गरेर अभिव्यक्ति राख्ने क्रममा प्रदेशसभाको गरिमालाई ख्याल राख्न पनि उनले सबैलाई सचेत गराए।

माओवादी केन्द्रले प्रदेशसभाको १२औं बैठकमा भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङ अमर्यादित ढंगले प्रस्तुत भएपछि उनले माफी माग्नुपर्ने माग राख्दै  लगातार प्रदेशसभा बैठक अवरुद्ध गदै आएको थियो।

त्यसक्रममा बैठक कार्यसूचीमै प्रवेश नगरी पाँच पटक बैठक स्थगित भइसकेको थियो।

प्रकाशित मिति: १७:१० बजे, मंगलबार, असार २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्