Kathmandu Press

उपत्यकामा ४९९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ, असार २२ : काठमाडौं उपत्यकामा थप ४९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३६५, ललितपुरमा १०५...
उपत्यकामा ४९९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ, असार २२ : काठमाडौं उपत्यकामा थप ४९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३६५, ललितपुरमा १०५ र भक्तपुरमा २९ जना संक्रमित थपिएका हुन्।

हाल काठमाडौं उपत्यकामा ७८२८ सक्रिय संक्रमित छन्।

यसैगरी, काठमाडौंमा ५३३०, भक्तपुरमा ९७३ र ललितपुरमा १५२५ सक्रिय संक्रमित छन्।

यस्तै, देशभर पछिल्लो २४ घण्टामा २६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति: १७:०३ बजे, मंगलबार, असार २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्