मन्त्रिपरिषद विस्तारमा देखिएका विवादका कारण गठबन्धन टुट्दैन : मुख्यमन्त्री पोखरेल
पोखरा, असार २२ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अहिलेको मन्त्रिपरिषद विस्तारमा देखिएका विवादका कारण गठबन्धन नटुट्ने बताएका छन्।मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा...
पोखरा, असार २२ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अहिलेको मन्त्रिपरिषद विस्तारमा देखिएका विवादका कारण गठबन्धन नटुट्ने बताएका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्रकारसँग कुराकान िगर्दै गठबन्धन राष्ट्रिय परिस्थितिको उपज भएको बताए। आवश्यकताले केन्द्रमा जस्तै प्रदेशमा पनि गठबन्धन बनेको उनको भनाइ थियो।
उनले अप्ठ्यारो परिस्थितिमा आफ्नो नेतृत्वको सरकार बनेको भन्दै आगामी यात्रा चुनौतीपूर्ण रहेको बताए। बजेट पारित भएपछि मात्रै मन्त्रिपरिषदले पूर्णता पाउने उनले बताएका छन्।
अर्थ मन्त्रालयको समेत कार्यभार सम्हालेका मुख्यमन्त्री नेपालीले १ असारमा प्रदेश सभामा आगामी आर्थिक वर्ष ०७८÷७९ को बजेट पेश गरेका थिए। सदनमा पेश भएको बजेटमाथि छलफल अघि बढ्न सकेको छैन।
मुख्यमन्त्री पोखरेलले बजेट पारित भएपछि मात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए। असार २५ गतेका लागि सदन बोलाउने, बजेटमाथि छलफल थाल्ने, असार मसान्तमा बजेट पारित हुने र त्यसपछि मन्त्रिपरिषद विस्तार हुने उनको भनाइ थियो।
प्रदेशमा अहिले ११ वटा मन्त्रालय छन्। ती सबै मन्त्रालयको जिम्मेवारी भने दिइसकिएको छैन।
अहिले गण्डकी प्रदेश पाँच सदस्यीय रहेको छ, जसमा मुख्यमन्त्री र अरू चार मन्त्री छन्। दुईजना मन्त्री हरिशरण आचार्य र स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) विनविभागीय छन्। कांग्रेस नेता कुमार खड्का सामाजिक विकासमन्त्री छन् भने माओवादी केन्द्रकी मधुमाया अधिकारी स्वास्थ्य तथा जनसंख्या मन्त्री छिन्।
मन्त्रालय बाँडफाँटमा सहमति नभएका कारण जिम्मेवारी तोक्न बाँकी रहेको बताइएको छ। मन्त्री नियुक्त र जिम्मेवारी बाँडफाँट गर्न सहमति नभएका कारण त्यसको जिम्मेवारी केन्द्रीय नेताहरूलाई जिम्मेवारी दिइएको जनाइएको छ।










-1789821441.jpg)
