कोटेश्वरमा प्रचण्डले भेटे नेता नेपाल
काठमाडौं, असार २२ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई कोटेश्वरस्थित निवासमै पुगेर भेटेका छन्।एमाले एकताका लागि सिंहदरबारमा...
काठमाडौं, असार २२ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई कोटेश्वरस्थित निवासमै पुगेर भेटेका छन्।
एमाले एकताका लागि सिंहदरबारमा कार्यदलको बैठक चलिरहेकै बेला जनकपुरबाट काठमाडौं फर्किएलगत्तै नेता नेपाललाई भेट्न प्रचण्ड कोटेश्वर पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। प्रचण्ड विमानस्थलबाट सिधै नेपालनिवास पुगेको बताइएको छ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले नेता नेपालसहित विघटित प्रतिनिधिसभाका २३ सदस्यलाई प्रतिनिधिसभा पुनःस्थापना गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भन्दै सर्वोच्चमा विचाराधीन मुद्दाबाट हस्ताक्षर फिर्ता लिन दिइएको सोमबार साँझसम्मको समय पनि टरिसकेको अवस्था छ।
आन्तरिक विवादमा अल्झिएको एमालेका वरिष्ठ नेता नेपालले केही समयदेखि विपक्षी गठबन्धनलाई साथ दिँदै आएका छन्। गठबन्धनसँग उनले कुनै हालतमा हस्ताक्षर फिर्ता नहुने बताएका छन्।
प्रतिनिधिसभा विघटन मुद्दामा पक्ष, विपक्ष र एमिकस क्युरीको बहस सकिसकेको स्थितिमा यही असार २८ गते फैसला आउने भनिएको बेला सत्तापक्ष र विपक्षी गठबन्धन सबै सक्रिय बनेका छन्। नेता नेपाल कसरी कसरी अघि बढ्छन् भन्ने आम चासोको विषय बनेको छ।
उनीहरूबीच भएको छलफलबारे जानकारी आइसकेको छैन।










-1789821441.jpg)
