आइफा अवार्ड रोक्न सरकारलाई अन्तर्राष्ट्रिय समितिको निर्देशन
काठमाडौं, असार १७ : प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड रोक्न....
काठमाडौं, असार १७ : प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड रोक्न सरकारलाई निर्देशन दिएको छ।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले आइफा अवार्ड रोक्न सरकारलाई निर्देशन दिने निर्णय गरेको हो।
आइफा अवार्डले नेपालको स्वाधिनता, स्वतन्त्रता र आस्मितामा आँच पुर्याउने भएकाले तत्काल रोक्न निर्देशन दिइएको समितिकी सभापति पवित्रा निरौला खरेलले जानकारी दिइन्।
आइफा अवार्ड काठमाडौंमा अगष्ट अन्तिम साता आयोजना हुने कार्यक्रम छ। अवार्ड आयोजना गर्न सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयनका राज्यमन्त्री धनबहादुर बुढाको संयोजकत्वमा उच्चस्तरीय समिति समेत बनाएको छ।
यसअघि आइफा अवार्डका लागि सरकारले एक अर्ब रुपैयाँ दिने निर्णय गरेको भन्दै सर्वत्र विरोध भएको थियो।
तर, सोमबार चलचित्र विकास बोर्डको १९ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आइफा अवार्डका लागि सरकारले एक रुपैयाँ पनि दिने निर्णय नगरेको बताएका थिए।






