एमाले कार्यदलको बैठक सिंहदरबारमा सुरु

काठमाडौं, असार २२ : नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा कार्यदलको बैठक सुरू भएको हो। सोमबार साँझ बसेको बैठक आज दिउँसो १ बजे पुनः बस्ने गरी टुंगिएको थियो।
कार्यदलमा दुवैपक्षका पाँचरपाँच जना नेता रहेका छन्। कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन्।
नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघु पन्त रहेका छन्। नेपाल पक्षबाट कार्यदलमा नेता भीम आचार्य थप भएका छन्। उनी हिजोको बैठकमा पनि सहभागी थिए।
गत जेठ २ गते अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा भएको वार्तापछि कार्यदल बनाइएको थियो।
प्रकाशित मिति: १३:४३ बजे, मंगलबार, असार २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1789821441.jpg)
