Kathmandu Press

मध्यपश्चिम विश्वविद्यालयबाट दुई उपप्राध्यापक बर्खास्त

सुर्खेत, असार २२ : आफूखुसी विद्यार्थीलाई नम्बर दिएको र प्रश्नपत्र ‘आउट’ गरेको आरोपमा मध्यपश्चिम विश्वविद्यालयले दुई उपप्राध्यापकलाई बर्खास्त गरेको छ ।बर्खास्त हुने इन्जिनियरिङ स्नातकोत्तर...
मध्यपश्चिम विश्वविद्यालयबाट दुई उपप्राध्यापक बर्खास्त

सुर्खेत, असार २२ : आफूखुसी विद्यार्थीलाई नम्बर दिएको र प्रश्नपत्र ‘आउट’ गरेको आरोपमा मध्यपश्चिम विश्वविद्यालयले दुई उपप्राध्यापकलाई बर्खास्त गरेको छ ।

बर्खास्त हुनेमा इन्जिनियरिङ स्नातकोत्तर कार्यक्रमका निर्देशक उपप्राध्यापक विश्वनाथ यादव र कानुन संकायका सुजन पन्त छन्। यादवमाथि विद्यार्थीलाई आफूखुसी नम्बर दिएको आरोप लागेको छ भने पन्तलाई प्रश्नपत्र आउट गरेको भनिएको छ।

पन्तले बिएएलएलबीको प्रश्नपत्र आउट गरेको पुष्टि भएको विश्वविद्यालयको भनाइ छ। आर्थिक प्रलोभनमा परी परीक्षामा सामेल नै नभएका विद्यार्थीलाई आफूखुसी नम्बर दिएर यादवले पास गराएको निष्कर्ष विश्वविद्यालयले निकालेको छ। 

विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. नन्दबहादुर सिंहले अक्षम्य शैक्षिक अपराध गरेकाले समिति बनाएर छानबिन गरी उनीहरुलाई बर्खास्त गरिएको बताएका छन्।

यादव स्थायी उपप्राध्यापक हुन् भने पन्त करार सेवामा कार्यरत थिए। पन्तलाई यसअघि नै तीन महिनाका लागि निलम्बन पनि गरिएको थियो।

उनीहरुलाई सफाइका सबै मौका दिएर बर्खास्त गरिएको विश्वविद्यालयको भनाइ छ।

प्रकाशित मिति: १२:५६ बजे, मंगलबार, असार २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्