Kathmandu Press

तनहुँमा पोखरीमा डुबेर एकै परिवारका दुई बालकको मृत्यु

दमौली, असार १७ : तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित माछापुच्छ्रे इँट्टाभट्टाको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ।

मंग....

तनहुँमा पोखरीमा डुबेर एकै परिवारका दुई बालकको मृत्यु
सांकेतिक

दमौली, असार १७ : तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित माछापुच्छ्रे इँट्टाभट्टाको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ।

मंगलबार दिउँसो  विद्यालयबाट फर्कने क्रममा इँट्टाभट्टाभित्र रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर  सात वर्षीय सुन्दर शाही र चार वर्षीय किस्मत शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।  मृतक बालक दाजुभाइ रहेको लामिछानेले बताए।

उनीहरु राधा माध्यमिक विद्यालयमा सुन्दर युकेजीमा र किस्मत नर्सरीमा अध्ययनरत थिए। विद्यालयमा सञ्चालन भइरहेको परीक्षा सकेर घर फर्कने क्रममा पोखरीमा पौडी खेल्दा डुबेका बालकको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १६:३६ बजे, मंगलबार, असार १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्