आजबाट काठमाडौं र भक्तपुरमा भेरोसेलको दोस्रो डोज लगाँइदै
काठमाडौं, असार २२ : आजबाट काठमाडौं र भक्तपुरमा कोराना भाइरसविरुद्धको खोप ‘भेरोसेल’को दोस्रो डोज लगाइने भएको छ। सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि...
काठमाडौं, असार २२ : आजबाट काठमाडौं र भक्तपुरमा कोराना भाइरसविरुद्धको खोप ‘भेरोसेल’को दोस्रो डोज लगाइने भएको छ।
सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो डोज दिइएको थियो। उनीहरूलाई २१ देखि २८ दिनभित्रमा दोस्रो खोप दिने निर्णय भए बमोजिम आजबाट दोस्रो डोज दिन लागिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंहले जानकारी दिए।
यस्तै, दोस्रो डोजको लागि उपत्यकामा मात्र करिब एक सय स्थानमा खोप केन्द्र तोकिएको छ। जसमध्ये काठमाडौंको ३२ र भक्तपुरको ३८ वटा स्थानमा खोप केन्द्र तोकेको हो।
ललितपुरमा ६ वटै स्थानीय तह र खोप समितिको बैठकबाट स्थानीय तहलाई खोप वितरण मिति र केन्द्र तोक्ने जिम्मा दिएको स्वास्थ्य कार्यालय, ललितपुरमा वरिष्ठ स्वास्थ्य प्रशासक डा. खगेश्वर गेलालले जानकारी दिए।
‘ललितपुर महानगरपालिकामा २० वटा, महालक्ष्मी नगरपलिकामा १०, गोदावरी नगरपालिकामा १०, कोन्ज्योसोन गाउँपालिका, बाग्मती गाउँपालिका र माहाकाल गाउँपालिकामा भने २–३ ठाउँलाई केन्द्र बनाएइको छ। काठमाडौं र भक्तपुरमा असार २२ र २३ गते खोप दिएपनि ललितपुरमा भने २५ र २६ गते खोप दिइने भएको छ।
यस्तै भक्तपुर जिल्लामा मात्र सुर्यबिनायक नगरपालिकामा १०, मध्यपुर थिमी नगरपालिकामा ९, भक्तपुर नगरपालिकामा १० र चाँगुनारायण नगरपालिकामा ९ गरि कुल ३८ केन्द्रबाट कोरोना बिरुद्ध भेरोसेल खोपको दोस्रो डोज दिइनेछ।
६० देखि ६४ उमेर समुहलाई पहिलो डोजको खोप वितरण गर्दा तोकिएकै केन्द्रहरूलाई अहिले पनि खोप केन्द्र बनाएको भक्तपुर जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
काठमाडौं जिल्लामा मात्र कुल ३२ स्थानमा खोप केन्द्र बनाइएको छ। जसअन्तर्गत काठमाडौं महानगरपालिकामा १३, कीर्तिपुर नगरपालिकामा २, बुढानिलकण्ठ नगरपालिकामा २, गोकर्णश्वर नगरपालिकामा २, टोखा नगरपालिकामा २, नागार्जुन नगरपालिकामा २, चन्द्रागिरी नगरपालिकामा २, शंखरापुर नगरपालिकामा २, कागेश्वरी मनोहरा नगरपालिकामा २, तार्केश्वर नगरपालिकामा २ र दक्षिणकाली नगरपालिकामा १ स्थानमा खोप केन्द्र तोकिएको छ।
काठमाडौंमा तोकिएका खोप केन्द्र :











-1789821441.jpg)
