Kathmandu Press

माथिल्लो तामाकोशीले आत्मविश्वास बढाउने राष्ट्रपतिको विश्वास

काठमाडौं, असार २२ : राष्ट्रपति विद्यादेवी भण्डारीले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन शुरु भई राष्ट्रिय प्रसारणमा जोडिनु गौरवको क्षण भएको बताएकी छिन्। राष्ट्रपतिले ट्वीट...
माथिल्लो तामाकोशीले आत्मविश्वास बढाउने राष्ट्रपतिको विश्वास

काठमाडौं, असार २२ : राष्ट्रपति विद्यादेवी भण्डारीले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन शुरु भई राष्ट्रिय प्रसारणमा जोडिनु गौरवको क्षण भएको बताएकी छिन्। 

राष्ट्रपतिले ट्वीट गर्दै माथिल्लो तामाकोशी आयोजनाले मुलुकको विद्युत् उत्पादन क्षमता वृद्धि गर्नाका साथै ठूला परियोजना निर्माण गर्न राष्ट्रिय आत्मविश्वास बढाउने विश्वासका व्यक्त गरेकी छिन्। उनले आयोजनाको सफलतामा योगदान गर्ने सबैलाई बधाई दिएकी छिन्। 

कूल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट सोमबारदेखि विद्युत उत्पादन शुरू भएको छ। पाँच वर्ष अगाडि नै आयोजना सम्पन्न हुनु पर्ने भए पनि भूकम्प लगायतका कारणले ढिला भएको हो। 


 

 

प्रकाशित मिति: ०६:०५ बजे, मंगलबार, असार २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्