एमाले कार्यदलको बैठक सकियो, मंगलबार पुनः बस्ने
काठमाडौं, असार २१ : नेकपा एमाले विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठकले भोली (मंगलबार) पुनः बस्ने भएको छ ।सिंहदरबारमा भर्खरै सकिएको बैठकमा...
काठमाडौं, असार २१ : नेकपा एमाले विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठकले भोली (मंगलबार) पुनः बस्ने भएको छ ।
सिंहदरबारमा भर्खरै सकिएको बैठकमा झण्डै डेढ घण्टा बसेर भोलि दिउँसो १ बजे फेरि बस्ने बताईएको छ ।
बैठकमा सहमति र सहमतिका मस्यौदाहरुका विषयमा छलफल भएको बुझिएको छ । आजको छलफल सहमतिको वातावरण कसरी बनाउन सकिने भन्नेमा केन्द्रीत भएको बताईएको छ ।
पार्टीभित्रै छलफल गरे सहमतिका लागि निकास खोज्ने, पार्टी नेता, कार्यकर्ता र आमजनताको चाहना बमोजिम एकतालाई सार्थक बनाउने गरी छलफल जारी राखिने बताईएको छ ।
प्रकाशित मिति: २०:२२ बजे, सोमबार, असार २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1789821441.jpg)
