कोपा अमेरिकाको पहिलो सेमिफाइनलमा ब्राजिल र पेरु भिड्दैं

काठमाडौं, असार २१ : कोपा अमेरिका फुटबलको पहिलो सेमिफाइनल अन्तर्गत भोलि बिहान ब्राजिल र पेरु भिड्दै छन् ।
ब्राजिलको ओलम्पिक मैदानमा नेपाली समय अनुसार मङ्गलवार बिहान पौने पाँच बजे शुरु हुने छ । क्वाटर फाइनलमा ब्राजिलले चिलीलाई र पेरुले पाराग्वेलाई हराएका थिए ।
यस प्रतियोगितामा ब्राजिल अपराजित टिम हो भने समूह बी मा ब्राजिल समूह विजेता बन्दा पेरु उपविजेता बनेको थियो । समूह चरणको खेलमा ब्राजिलले पेरुलाई चार–शून्य गोल अन्तरले हराएको थियो ।
कोपा अमेरिकाको दोस्रो सेमिफाइनलमा बुधवार बिहान अर्जेन्टिना र कोलम्बियाको खेल हुनेछ । ब्राजिल र पेरुबीचको खेलमा जित हासिल गर्ने टिमले अर्जेन्टिना र कोलम्बियामध्ये जित निकाल्नेसँग उपाधी भिडन्त गर्नेछ ।
प्रकाशित मिति: १९:५४ बजे, सोमबार, असार २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











