Kathmandu Press

सहीछाप कीर्ते गरी १ अर्ब क्षतिपूर्ति भराउन खोज्ने दम्पत्ति सिंहदरबार अगाडिबाट पक्राउ

काठमाडौं, असार १७ : गृह मन्त्रालयको छाप, लेटरप्याड र दस्तखत कीर्ते गरेको आरोपमा प्रहरीले एक दम्पत्तिलाई पक्राउ गरेको छ। 

सरकारी सह....

सहीछाप कीर्ते गरी १ अर्ब क्षतिपूर्ति भराउन खोज्ने दम्पत्ति सिंहदरबार अगाडिबाट पक्राउ
फाइल

काठमाडौं, असार १७ : गृह मन्त्रालयको छाप, लेटरप्याड र दस्तखत कीर्ते गरेको आरोपमा प्रहरीले एक दम्पत्तिलाई पक्राउ गरेको छ। 

सरकारी सहीछाप कीर्ते गर्ने काभ्रेको धुलीखेल बस्ने ३८ वर्षीय राजनकुमार थापा र उनकी श्रीमती बारा निजगढकी ३३ वर्षीया लक्ष्मी अधिकारीलाई प्रहरीले मंगलबार दिउँसो सिंहदरबार दक्षिणगेट अगाडिबाट पक्राउ गरेको हो।

महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीले उनीहरुका साथबाटछ गृह मन्त्रालयको नक्कली लेटर प्याडमा लक्ष्मी अधिकारीको बुवाको मृत्यु सरकारका कारणले भएको भनी प्रमाणित गरिएको कागजात बरामद गरेको छ। बरामद गरिएको उक्त पत्रमा गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामकृष्ण सुवेदीको कीर्ते हस्ताक्षर रहेको प्रहरीले जनाएको छ।

अधिकारीको मृत्यु सरकारका कारण भएकाले क्षतिपूर्तिपावत ९५ करोड दिने निर्णय भएको र थप ८ करोड ७६ लाख गरी जम्मा १ अर्ब ८ करोड ७६ लाख दिने उल्लेख गरिएको कीर्ते कागज पनि प्रहरीले बरामद गरेको छ।

यस्तै, १३ थान बैंकको चेक, विभिन्न व्यक्तिको राहदानी तथा नगद ४२ हजार २ सय १० रुपैयाँ उनीहरुका साथबाट बरामद गरिएको प्रहरीले जनाएको छ। 


 

प्रकाशित मिति: १६:१७ बजे, मंगलबार, असार १७, २०७६