सिंहदरबारमा एमाले कार्यदलको बैठक सुरु
काठमाडौं, असार २१ : नेकपा एमालेको विवाद समाधान गर्न गठन भएको कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक बसेको हो...
काठमाडौं, असार २१ : नेकपा एमालेको विवाद समाधान गर्न गठन भएको कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक बसेको हो ।
कार्यदलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल छन्। यस्तै वरिष्ठ नेता माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे रहेका छन्।
यसमध्ये मन्त्रीपरिषदको नियमित बैठक भएकाले अर्थमन्त्रीसमेत रहेका पौडेल अनुपस्थित रहेका छन्। दुवै पक्षका नेताहरु अनौपचारिक रुपमा छलफल गर्दै आएको भएपनि गत जेठ ७ गतेदेखि कार्यदलको बैठक बस्न सकेको छैन।
प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा परेका हस्ताक्षर फिर्ता लिनुपर्ने बताएपनि नेपाल पक्ष अदालती प्रक्रियामा गएकाले हस्ताक्षर फिर्ता लिन नसक्ने जनाउँदै आएको छ ।










-1789821441.jpg)
