सरकारको विरोधमा कांग्रेस सांसदले संसदमै देखाए कालो टोपी !
काठमाडौं, असार २१ : नेपाली कांग्रेसका सांसद मेशजंग रायमाझीले राष्ट्रिय सभा बैठकमा सरकारको विरोधमा कालो टोपी प्रदर्शन गरेका छन्।बैठकमा रायमाझीले सरकार र प्रतिनिधि सभा...
काठमाडौं, असार २१ : नेपाली कांग्रेसका सांसद मेशजंग रायमाझीले राष्ट्रिय सभा बैठकमा सरकारको विरोधमा कालो टोपी प्रदर्शन गरेका छन्।
बैठकमा रायमाझीले सरकार र प्रतिनिधि सभा विघटनविरूद्ध सांकेतिक रूपमा कालो टोपी देखाएका हुन्।
‘मैले यो सदनमा टोपी लगाएँ होला,’ रायमाझीले भने, ‘आज क्याप लगाएर प्रवेश गरेको छु। सदनमा कालो झण्डा देखाउने अवस्था नभएकाले प्रधानमन्त्रीको कदमविरूद्ध सदनले थाहा पाओस् कालो झण्डाका रूपमा प्रस्तुत गरेको छु।’
उनले आफूले नगरपालिकामा बस्दा समेत कहिल्यै टोपी नलगाएको उल्लेख गरे।
रायमाझी राष्ट्रिय सभा बैठकमा सहभागी हुन कालो क्याप, कालो सर्ट, कालो कोट लगाएर पुगेका थिए।
प्रकाशित मिति: १७:३३ बजे, सोमबार, असार २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1789821441.jpg)
