Kathmandu Press

७६ (५) अन्तर्गत् अर्को प्रधानमन्त्री बन्न नदिन ओलीको चुक्लीः एमिकस क्युरी घिमिरे

एमिकस क्युरीका सदस्य वरिष्ठ अधिवक्ता कोमलप्रसाद घिमिरेले आफूबाहेक अर्को प्रधानमन्त्री बन्न नदिन केपी ओलीले चुक्ली लगाएको राय दिएका छन् ।
७६ (५) अन्तर्गत् अर्को प्रधानमन्त्री बन्न नदिन ओलीको चुक्लीः एमिकस क्युरी घिमिरे

काठमाडौं, असार २१ : एमिकस क्युरीका सदस्य वरिष्ठ अधिवक्ता कोमलप्रसाद घिमिरेले आफूबाहेक अर्को प्रधानमन्त्री बन्न नदिन केपी ओलीले चुक्ली लगाएको राय दिएका छन् ।

ओलीले दाबी नगर्ने भनेकाले २१ घण्टाको समय दिएर राष्ट्रपतिबाट सरकार गठनका लागि आह्वान भएको उनले दाबी गरे । तर, ओलीले फेरि दाबी गरेर कांग्रेस सभापति शेरबहादुर देउवासहित १४९ जना सांसदको दाबी पुग्न नदिन ओलीले चुक्ली लगाएको उनको भनाइ थियो । सोही चुक्लीले विवाद उत्पन्न गराएको र असंवैधानिक भएको उनले बताए ।

धारा ७६ (५) अनुसार ओलीले प्रधानमन्त्रीको दाबी गर्नु अवैधानिक भएको उनले राय दिए । ‘प्रधानमन्त्रीले अन्योलमा राख्न उचित नभएको हुँदा वैकल्पिक सरकारका लागि मार्गप्रशस्त गरेको भन्नुभयो । मेरो विकल्प म होइन भनेर स्वीकार्नुभयो। राष्ट्रपतिले खुला दिमागले सोच्दा ओलीले दाबी गर्न नपाउने र अर्को पक्ष मात्र आउने कल्पना गरेर २१ घन्टा समय निर्धारण गरिएको हो,’ घिमिरेले भने ।

तर, ओलीले आफ्नो विकल्प आफैँ हो भनेझैँ गरेर धारा ७६ (५) मा पनि दाबी गरेको उनले बताए । ६ जेठमा वैकल्पिक सरकारका लागि मार्गप्रशस्त गरेको बताएका ओलीले भोलिपल्टै अर्को प्रधानमन्त्रीका लागि आह्वान गरिएको प्रक्रियामा सहभागी भएर आफ्नो विकल्प आफैँ भएको भन्ने देखाएको उनले उल्लेख गरे ।

जनताले नपत्याएको व्यक्ति मन्त्री बन्न नसक्ने संवैधानिक व्यवस्था सम्झाउँदे उनले जनताको विश्वास नपाएको व्यक्ति पनि प्रधानमन्त्री हुन नसक्ने तर्क गरे ।
 

प्रकाशित मिति: १७:२० बजे, सोमबार, असार २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्