टोकियो ओलम्पिक : शाह र कार्की जापान प्रस्थान
काठमाडौं, असार २१ : पौडी खेलाडी एलेक्जेण्डर शाह र मुख्य प्रशिक्षक शङ्कर कार्की जापान प्रस्थान गरेका छन्। पौडीको तयारीका लागि दुवै जना आज टोकियोतर्फ...
काठमाडौं, असार २१ : पौडी खेलाडी एलेक्जेण्डर शाह र मुख्य प्रशिक्षक शङ्कर कार्की जापान प्रस्थान गरेका छन्। पौडीको तयारीका लागि दुवै जना आज टोकियोतर्फ लागेका हुन्।
नेपाल ओलम्पिक कमिटी ९एनओसी०का अनुसार जापान पुगेपछि पौडी टोलीले टोकुशिमामा ओलम्पिकको तयारी गर्ने छ । पौडीका अर्का खेलाडी गौरिका सिंह बेलायतबाटै जापान जाने एनओसीले जनाएको छ ।
सिंह र शाहले आगामी साउन ८ देखि २४ गतेसम्म सञ्चालन हुने टोकियो ओलम्पिकमा नेपालका तर्फबाट पौडी खेलमा प्रतिस्पर्धा गर्नेछन्। यस्तै टोकियो ओलम्पिकमा सहभागी हुन एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्ट केही दिनमा जापान जाने कार्यक्रम छ।
चौधरीले एथलेटिक्सको महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन्।
प्रकाशित मिति: १६:४० बजे, सोमबार, असार २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











