एक्स्पायर डेबिट कार्डबाट पैसा निकाल्ने दुई जना पक्राउ
काठमाडौं, असार २१ : काठमाडौंस्थित सिद्धार्थ बैंकको विभिन्न एटीएम बुथबाट एक्सपाएर भएको एटीएम कार्डबाट पैसा निकाल्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुखुम्बु...
काठमाडौं, असार २१ : काठमाडौंस्थित सिद्धार्थ बैंकको विभिन्न एटीएम बुथबाट एक्स्पाएर भएको एटीएम कार्डबाट पैसा निकाल्ने दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोलुखुम्बु घर भइ काठमाडौं महानगरपालिका–५ भत्केको पुल बस्ने ३० वर्षीया सावित्री तामाङ र ५७ वर्षे जगत गुरुङ रहेका छन्।
एक्सपाएर भएको एटीएम कार्डबाट पैसा निकालिएको भन्ने सुचनाका आधारमा महानगरिय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनीहरुलाई भत्केको पुलबाट पक्राउ गरेको हो ।
पक्राउ परेका गुरूङद्वयबाट प्रहरीले लोइड्स भिसा डेबिट कार्ड लन्डन र २१ लाख रूपैयाँ बरामद गरेको छ।
सोही म्याद सकिएको डेबिट कार्डबाट उनीहरूले चाबहिल, कालोपुल, हात्तीसार, भाटभटेनी क्षेत्रका एटिएमबाट रकम निकालेका थिए। उनीहरूले अहिलेसम्म ३४ लाख ३५ हजार रूपैयाँ निकालेको खुलेको छ।
त्यसको १० लाख ५० हजार रूपैयाँ रकम भने सहकारीमा राखेको प्रहरीलाई बताएका छन्।










-1789821441.jpg)
