Kathmandu Press

निर्वाचन आयोगले तयार पार्यो आगामी मध्यावधि निर्वाचनको कार्यतालिका 

काठमाडौं, असार २१ : मध्यावधि निर्वाचनको लागि निर्वाचन आयोगले कार्यतालिका तयार पारेको छ । आयोगका अनुसार सोमबार दल दर्ताका लागि आह्वानसहित निर्वाचन कार्यक्रम सार्वजनिक...
निर्वाचन आयोगले तयार पार्यो आगामी मध्यावधि निर्वाचनको कार्यतालिका 

काठमाडौं, असार २१ : मध्यावधि निर्वाचनको लागि निर्वाचन आयोगले कार्यतालिका तयार पारेको छ । आयोगका अनुसार सोमबार दल दर्ताका लागि आह्वानसहित निर्वाचन कार्यक्रम सार्वजनिक हुनेछ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा गत जेठ ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन्। उनले कात्तिक र मंसीरमा मध्यावधि चुनाव घोषणा गरेकी थिइन्।

त्यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आज बहस सकिँदैछ । त्यही बेला आयोगले भने निर्वाचन कार्यक्रम तय गरेको छ, जसअनुसार असार ३१ गतेदेखि साउन १५ गतेसम्म दल दर्ता गर्न दिइनेछ ।

आयोगका अनुसार पहिलो चरणमा हुने चुनावका लागि असोज २० र २१ गते उम्मेदवार दर्ता गर्ने कार्यतालिका तयार भएको छ। असोज २० गते संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलका उम्मेदवारले र २१ गते अन्य दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गर्नुपर्नेछ।

यस्तै दोस्रो चरणको निर्वाचनको उम्मेदवारी दर्ता असोज ३१ र कात्तिक १ मा गर्ने आयोगको तयारी छ । ३१ गते संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलका उम्मेदवारले र १ गते अन्य दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गर्नुपर्ने प्रारम्भिक तयारी छ।

प्रकाशित मिति: १४:१५ बजे, सोमबार, असार २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्