Kathmandu Press

देवयानी राणा कोकाकोला भारत र पश्चिम एसिया उपाध्यक्ष 

काठमाडौं, असार २१ : नेपालकी देवयानी राज्यलक्ष्मी राणालाई कोकाकोला भारतले उपाध्यक्षमा नियुक्त गरेको छ । कोकाकोलाले केही दिनअघि देवयानीलाई भारत र दक्षिण पश्चिम एसियाका लागि...
देवयानी राणा कोकाकोला भारत र पश्चिम एसिया उपाध्यक्ष 

काठमाडौं, असार २१ : नेपालकी देवयानी राज्यलक्ष्मी राणालाई कोकाकोला भारतले उपाध्यक्षमा नियुक्त गरेको छ । 

कोकाकोलाले केही दिनअघि देवयानीलाई भारत र दक्षिण पश्चिम एसियाका लागि जनसम्पर्क, सञ्चार र दीगोपना मामिलामा काम गर्ने गरी उपाध्यक्ष नियुक्त गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

यसअघि राणाले काटरपिलर इन्डियाको निर्देशकको रुपमा रहेर भारत, नेपाल र भुटानको सार्वजनिक मामिला हेरेकी थिइन् । कोकाकोलाको भारत र दक्षिण(पश्चिम एसिया हेर्ने अध्यक्ष संकेत रेले देवयानीको आगमनले कोकाकोला यो क्षेत्रमा थप विस्तार हुने बताए । उनले देवयानीसँग नीति, नियम, व्यापार सम्झौता र नियमनबारे वकालत गरेको अनुभव रहेको सुनाए।

विगत २५ वर्षमा राणाले राष्ट्रसंघको विकास कार्यक्रम (यूएनडीपी) र राष्ट्रसंघ इन्डियाका साथै स्वाब फाउन्डेसन फर सोसियल इन्टर्ननर्सिप, जेनेभा र विश्व आर्थिक मञ्च (डब्ल्यूईएफ)मा पनि काम गरिसकेकी छिन्।

देवयानीले लण्डन स्कुल अफ इकोनोमिक्स एण्ड पोलिटिकल साइन्स (एलएसई) अध्ययन गरेकी थिइन् । उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा मास्टरडिग्री गरेकी थिइन् ।

देवयानी पछिल्लो समय नेपालको राजनीतिमा पनि देखिएकी थिइन्। चार वर्षअघि उनी दोलखाबाट राप्रपाको महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि बनेकी थिइन्। 

प्रकाशित मिति: १३:१५ बजे, सोमबार, असार २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्