Kathmandu Press

भिषण वर्षाले पर्खाल भत्किँदा मुम्बईमा १८ को मृत्यु

मुम्बई, असार १७ : भारतको मुम्बईमा भिषण वर्षाले एक पर्खाल भत्किँदा १८ जनाको मृत्यु भएको छ। थुप्रै घाइते भएका छन्।

स्थानीय समयानुसार आज बिहान ....

भिषण वर्षाले पर्खाल भत्किँदा मुम्बईमा १८ को मृत्यु
एजेन्सी

मुम्बई, असार १७ : भारतको मुम्बईमा भिषण वर्षाले एक पर्खाल भत्किँदा १८ जनाको मृत्यु भएको छ। थुप्रै घाइते भएका छन्।

स्थानीय समयानुसार आज बिहान करिब २ बजे पर्खाल भत्किएको हो। त्यसमा परेर १८ जनाको मृत्यु भएको र थुप्रै घाइते भएको मुम्बईको प्रकोप नियन्त्रण विभागका प्रवक्ता तानाजी काम्बलीले बताएका छन्।

भारतीय मिडियाका अनुसार, वर्षाले मुम्बईको जनजीवन प्रभावित भएको छ। मुम्बईमा करिब दुई करोड मान्छे बस्छन्।

वर्षाका कारण सरकारी विदाको घोषणा गरिएको छ। स्थानीय बासिन्दालाई घर बाहिर नजान र घरमा नै बस्न सल्लाह दिएको छ।

विश्वविद्यालय र विद्यालय बन्द गरिएको छ। मुम्बई विमानस्थलबाट उडान भर्ने करिब एकसय उडान रद्द गरिएको छ।

मौसमी विवरण अखिलेख राख्ने एक निजी निकायले मुम्बईमा १३ इन्चसम्म वर्षा भएको जानकारी दिएको छ।

वर्षापछि मुम्बई शहरको मिथि नदीको सतह बढेकाले त्यस इलाका आसपासमा रहेका करिब एक हजार व्यक्तिलाई अन्यत्रै सुरक्षित इलाकामा लगिएको छ।

प्रकाशित मिति: १५:१३ बजे, मंगलबार, असार १७, २०७६