सरकारका कामबाट जनता सन्तुष्ट छैनन्: माधव नेपाल
काठमाडौं, असार १७ : पूर्वप्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता माधव नेपालले सरकारको कामबाट जनता असन्तुष्ट रहेको बताएका छन्।
मंगलबार पूर्वसांसद....
काठमाडौं, असार १७ : पूर्वप्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता माधव नेपालले सरकारको कामबाट जनता असन्तुष्ट रहेको बताएका छन्।
मंगलबार पूर्वसांसद मञ्च नेपालको १९औं साधरणसभा उद्घाटन गर्दै नेपालले सरकारका काम कारबाहीप्रति असन्तुष्टि जनाए। वरिष्ठ नेता नेपालले सरकारले जनतालाई असन्तुष्ट नबनाई काम गर्नु पर्ने बताए। ‘अहिले सरकारको कामबाट जनता असन्तुष्ट छन्,’ नेपालले भने।
उनले आइफा अवार्ड कार्यक्रमबारे पनि असहमति जनाए। आइफाबारे नेपालले भने, ‘नेपालको राष्ट्रको हितलाई मध्यनजर गर्दै सरकारको क्रियाकलापलाई अघि बढाउनुपर्छ। नेपालीले दुःख पाउने विदेशी रमाउने, त्यस्तो तरिका अपनाउने होइन।’
कार्यक्रममा पूर्वसभामुख दमनाथ ढुंगानाले संविधानको रक्षा गर्नको दलहरुबीच एकता नदेखिएको बताए। पूर्वसांसद मञ्च नेपालका पूर्वअध्यक्ष तारानाथ रानाभाटले सरकारमा निरंकुश चरित्र हावी भएको भन्दै सबैलाई मिलाएर अगाडि बढ्न सुझाव दिए।
कार्यक्रममा सहभागी पूर्वसांसदहरुले मुलुकमा राजनीतिक, धार्मिक, साँस्कृतिक द्वन्द्व निम्तिन सक्ने खतरा रहेको औल्याए। संसदमा प्रस्तुत गरिएका सबै विधेयक विवादमा परेका उल्लेख गर्दै सरकारका काम कारबाहीको आलोचना गरे।











