Kathmandu Press

एउटा कोठामा २५ जनाभन्दा बढी नहुने गरी परीक्षा सञ्चालन गर्न पाइने

काठमाडौं, असार २० : सरकारले एउटा कक्षा कोठामा २५ जनाभन्दा बढी मानिस भेला हुन नपाउनेगरी विभिन्न निकायको परीक्षा सञ्चालन गर्न दिने भएको छ।जिल्ला...
एउटा कोठामा २५ जनाभन्दा बढी नहुने गरी परीक्षा सञ्चालन गर्न पाइने

काठमाडौं, असार २० : सरकारले एउटा कक्षा कोठामा २५ जनाभन्दा बढी मानिस भेला हुन नपाउनेगरी विभिन्न निकायको परीक्षा सञ्चालन गर्न दिने भएको छ।

जिल्ला प्रशासन कार्यालयले काठमाडौंले आइतबार जारी निषेधाज्ञा असार ३१ गतेसम्म थप गर्दै उक्त व्यवस्था गरेको हो।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जारी गरेको निषेधाज्ञा आदेशमा एउटा हल वा कक्षा कोठामा बढीमा २५ जना मात्र रहने गरी परीक्षा सञ्चालन गर्न पाउने उल्लेख गरिएको छ।

२५ जनाभन्दा बढी भएमा दुई सिफ्टमा परीक्षा सञ्चालन गर्नुपर्ने आदेशमा जनाइएको छ।

यस्तै, एउटा सिफ्टको सबै बाहिरिएपछि मात्र अर्को सिफ्टको परीक्षार्थीलाई प्रवेश गराउने, स्वास्थ्यका मापदण्डहरु पूर्ण पालना गराउने लगायत आदेशमा उल्लेख छ।
 

प्रकाशित मिति: १८:४१ बजे, आइतबार, असार २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्